ad ad

राजनीति


नागरिकता विधेयकबारे कांग्रेस प्रवक्ता : राष्ट्रपतिले किन फिर्ता गर्नुभयो? अध्ययन गर्दैछौँ

नागरिकता विधेयकबारे कांग्रेस प्रवक्ता : राष्ट्रपतिले किन फिर्ता गर्नुभयो? अध्ययन गर्दैछौँ

फाइल फोटो


नेपालखबर
साउन ३०, २०७९ सोमबार १३:३, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नुको विस्तृत कारणबारे अध्ययन गरेपछि ठोस धारणा सार्वजनिक गर्ने जनाएको छ।

स्थानीय तहका जनप्रतिनिधिकालाई सोमबारदेखि सानेपाको हेरिटेज गार्डेनमा सुरु अभिमुखीकरण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संविधानकै कुरा विधेयकमार्फत कार्यान्वयन गरिएको जिकिर गरे।

'नागरिकता विधेयक संविधानमा जे व्यवस्था थियो, त्यसलाई कार्यान्वयन गर्न पारित गरिएको थियो। जसले नेपाली नागरिकता लिइसकेका छन्, उनीहरुका सन्तानलाई नागरिकता दिने कुरा थियो', उनले भने, 'नागरिकता लिइसकेका बाबुआमाका छोराछोरीले नागरिकता पाउनुपर्ने आशय र भावना संविधानमा थियो। त्यसलाई संसदले कार्यान्वयन गरेको थियो।'

उनले अहिले राष्ट्रपतिले फिर्ता गरेको खबर सार्वजनिक भएको बताउँदै के आधार र कारण देखाएर फिर्ता गरेको भन्ने कुरा सरकारले अध्ययन गरिरहेको पनि उल्लेख गरे।

राष्ट्रपतिले फिर्ता गर्दा उल्लेख गरेका कारण सरकारले अध्ययन गर्छ', उनले भने, 'अध्ययन गरेपछि सरकारले यसबारे प्रतिक्रिया दिनेछ। कांग्रेसले पनि औपचारिक रुपमा थाहा पाइसकेपछि बोल्नेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .