नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको संसदीय निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई घोषणापत्र लेखनको जिम्मेवारी दिएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
गुरुङका अनुसार घोषणा पत्र लेखन समितिमा अरु सातजनालाई राखिएको छ।
समिति सदस्यहरूमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुरेन्द्र पाण्डे छन्। त्यसैगरी अन्य सदस्यहरूमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि राखिएको छ।
78
Shares
प्रतिक्रिया