ad ad

राजनीति


महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्न एमालेको माग

महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्न एमालेको माग

नेपालखबर
साउन २५, २०७९ बुधबार १४:३८, काठमाडौँ

प्रतिपक्षी दल नेकपा (एमाले) ले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न माग गरेको छ। 

बुधवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गरेका हुन्। 

उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाए। 

उनले भने, ‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हार्दिक माग गर्न चाहन्छु।’

सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनर्स्थापना गर्ने सम्बन्धमा उदासिनता देखाएको बताए। उनले यस सम्बन्धमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .