ad ad

राजनीति


प्रधानन्यायाधीश भ्रष्ट थिए, महाअभियोग लगाउनै पर्ने थियो : डिला संग्रौला

प्रधानन्यायाधीश भ्रष्ट थिए, महाअभियोग लगाउनै पर्ने थियो : डिला संग्रौला

नेपालखबर
साउन २२, २०७९ आइतबार १६:३६, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग ठीक भएको बताएकी छन्।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा पेश महाअभियोगबारेको छलफलमा सहभागी हुने क्रममा उनले यस्तो बताएकी हुन्। 

'जबराले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्रता, सक्षम निष्पक्ष र जिम्मेवार न्यायपालिको जगेर्ना गर्न सकेनन्। विकृति, विसंगति, भ्रष्टाचारसँगै अवैध सम्पति आर्जनमा पनि लागे', उनले भनिन्, 'सर्वोच्चमा विचौलिया प्रवेश गराइएकाले यो प्रस्ताव ल्याइएको हो। न्यायिक र नैतिक विचलन एवंम् कार्यक्षमता नभएको व्यक्ति सर्वोच्चमा राख्न सकिँदैन। त्यसकारण सत्तापक्ष र प्रतिपक्ष नभनेर सबैले प्रस्तावको पक्षमा समर्थन गर्नुपर्छ।'

उनले संविधानको धारा १०१ मा संविधान र कानुनको गम्भीर उल्लंघन गरेको कार्यक्षमताको अभाव ईमान्दारीपूर्वक पदीय दायित्व पालना नगरेमा प्रतिनिधिसभामा तत्काल कायम रहेका सदस्यको एक चौथाइले सर्वोच्चका न्यायाधीशसहित संवैधानीक निकायका पदाधिकारीविरुद्ध महाअभियो लगाउन सक्ने तर्क पनि गरिन्। 

जबराविरुद्ध २०७८ फागुन २९ गते प्रतिनिधिसभा बैठकमा संविधानको धारा १०१ को उपधारा (२) एवंम् प्रतिनिधि सभा नियमावली २७५ को नियम १६१ को उपनियम १ बमोजिम महाअभियोग लगाइएको थियो। 

'यो प्रस्ताव उपयुक्त छ, किनभने न्यायालयभित्र विविध विकृति र बेथितिलाई उत्कर्समा पुर्‍याइएको थियो। न्यायलयमा विचौलिया राज बढाइएको थियो', उनले भनिन्, 'इजलास गठन मुद्दाको फौसलामा समेत मिलोमतोमा गरेको भनेर नेपाल बार एसोसियसन र नागरिक समाज आन्दोलनमा उत्रिएका थिए। यसको सहज निकास स्वयम् प्रधानन्यायाधीशले दिन सकेनन्। त्यही भएर महाअभियोग लगाएका हौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .