ad ad

ग्लोबल


एनआरएनए अन्तरर्गतको मिडिया टाक्स फोर्स गठन

एनआरएनए अन्तरर्गतको मिडिया टाक्स फोर्स गठन

नेपालखबर
साउन २२, २०७९ आइतबार १६:२७, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ।  

गैरआवासीय नेपाली संघका प्रवक्ताद्वय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन्। समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ।  

प्रवक्ताद्वय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन्। समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन्।  

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष तथा नागरिक न्यूजका बेलायत संवाददाता चिरन शर्मालाई दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ।   

समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ।  

गैरआवासीय नेपाली संघका महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्गत रहेको सो समितिलाई प्रवक्ताद्वयको सिफारिसमा उपमहासचिवद्वय रामशरण सिंखडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरञ्जिवी खड्काले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .