ad ad

राजनीति


दुईजना संविधानसभा सदस्यसहित जसपाका तीन केन्द्रीय नेता एमालेमा प्रवेश

दुईजना संविधानसभा सदस्यसहित जसपाका तीन केन्द्रीय नेता एमालेमा प्रवेश

जसपा नेतालाई एमालेमा स्वागत गर्दै अध्यक्ष केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन २०, २०७९ शुक्रबार २१:३९, काठमाडौँ

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीचको विवादपछि विभाजित जनता समाजवादी पार्टीका नेताहरू अन्य दलमा प्रवेश गर्ने क्रम जारी छ।

जसपा विभाजित भएर यादव र भट्टराई अलग अलग यात्रामा निस्केका बेला केन्द्रीय सदस्यहरू अन्य पार्टीमा प्रवेश गरिरहेका छन्।

शुक्रबार मात्रै जसपा छाडेर तीनजना केन्द्रीय नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासबाट पार्टीमा स्वागत गरेका छन्।



एमाले प्रवेश गर्नेहरूमा संविधानसभा सदस्यसमेत रहिसकेका बर्दियानिवासी जसपा केन्द्रीय सदस्य काशिम अली सिद्धिकी रहेका छन्।

त्यसैगरी संविधानसभा सदस्य रहिसकेका पर्सानिवासी जसपा केन्द्रीय सदस्य आशा चतुर्वेदी पनि एमालेमा प्रवेश गरेकी छन्।

एमाले प्रवेश गर्ने अर्की नेतृमा रूपन्देहीनिवासी जसपाकी लुम्बिनी प्रदेश कमिटी सदस्य श्वेता श्रीवास्तव रहेकी छन्। जसपामा विभाजनपछि यसअघि पनि सातजना केन्द्रीय नेता एमालेमा प्रवेश गरेका थिए।                   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .