ad ad

राजनीति


परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने तयारी

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने तयारी

परराष्ट्रमन्त्री नारायण खड्का


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १०:१, काठमाडौँ

परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने तयारी भइरहेको छ।

मन्त्री खड्कालाई चिनियाँ सकमक्षी वाङ यीले अर्को साता चीन भ्रमणमा आउन निम्ता गरेको परराष्ट्र स्रोतले बतायो। तर  भ्रमण बढीमा दुई दिन मात्रै हुने मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई बताए।

वाङले  अगस्ट १० का दिन चीनको सान्दोङ प्रान्तस्थित छिङ्दावमा भेटवार्ताका लागि प्रस्ताव गरेका छन्।

‘मन्त्रीज्यूको भ्रमणका लागि तयारी भइरहेको छ। आज दिउँसोसम्म त्यसबारेमा टुंगो लाग्छ’, मन्त्रालयका अधिकारीले भने।

परराष्ट्र मन्त्रालयले आजै नियमित पत्रकार सम्मेलन समेत गर्दै छ। त्यस अवसरमा मन्त्रीको चीन भ्रमण घोषणा हुनसक्ने बताइएको छ।

ताइवान मामिलाले चीन र अमेरिकाबीच तनाव चुलिएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीन चिढिएको हाे। पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरुप चीनले ताइवान टापुवरपर सैन्य अभ्यास गरिरहेको छ।

उता अमेरिका र पश्चिमा मुलुकले चीनलाई उत्तेजित पार्ने वक्तव्य दिइरहेका छन्। नेपालले लामो समय देखि एक चीन नीति लिए पनि पश्चिमा मुलुकको प्रभाव र दबाबमा कतै त्यसबाट विचलित हुन्छ कि भन्ने चीनको आशंका छ। ​

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पेलोसीको ताइवान भ्रमणकै बेला निकालेको वक्तव्यमा नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै अबका दिनमा ताइवान टुक्र्याउने गतिविधिमा विरोध जारी रहने विश्वास व्यक्त गरेकी थिइन्।

यही बेला परराष्ट्रमन्त्रीलाई डाक्नुले नेपालबाट चीनले एक चीन नीतिमा फेरि प्रतिबद्धता मागेको अर्थ लगाउन सकिन्छ। 

तर मन्त्री खड्काकाे चीन भ्रमणको तयारी अहिलेदेखिको होइन। मन्त्री खड्कालाई चिनियाँ पक्षले गत साल नै निम्तो दिए पनि उनी चीन जान मानेका थिएनन्। मार्चमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले खड्कालाई फेरि निम्ता दिए पनि उनी चीन गएका थिएनन्।

याे पनि‘ताइवान चीनको अभिन्न अंग र आन्तरिक मामिला, अमेरिकी हस्तक्षेप गलत’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .