राजनीति


चुनाव घोषणा पछि पनि संसद क्रियाशील राख्नु असंवैधानिक : भीमार्जुन

चुनाव घोषणा पछि पनि संसद क्रियाशील राख्नु असंवैधानिक : भीमार्जुन

नेपालखबर
साउन १९, २०७९ बिहिबार २२:९, काठमाडौँ

संविधानविद् डा. भीमार्जुन आचार्यले चुनाव घोषणा पनि संसद र सांसदलाई क्रियाशील राख्नु असंवैधानिक भएको बताएका छन्। 

बिहीबार साँझ ट्वीट गर्दै आचार्यले ‘संविधानको पालना बन्धनकारी छैन भन्ने हो भने त अविश्वासको मत वा अरू कुनै बाहनाबाट यो सरकारलाई फालेर चुनावअघि अर्को सरकार बनाए भैगो नी’ भनेका छन्।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ। 

वर्तमान संसद भने मंसिर २१ सम्म क्रियाशील रहने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .