ad ad

राजनीति


यसरी बाँड्दै छन् सत्ता गठबन्धनले सिट

यसरी बाँड्दै छन् सत्ता गठबन्धनले सिट

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०७९ बिहिबार १२:४९, काठमाडौँ

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटका लागि समिति बनाउने भएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनले मंसिर ४ गते एकै चरणमा दुवै सभाको निर्वाचन गर्ने सहमति गरेका थिए।

बैठकमा प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँट समिति बनाएर गर्ने सहमति जुटेको एक नेताले जानकारी दिए।

त्यसका लागि शुक्रबार ( साउन २०) गते विहान ९ बजे फेरि बैठक राखिएको उनले बताए।

हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सिट बाँडफाँट समिति बनाएर गर्ने समझदारी बनाएका छौँ,’ नेपालखबरसँग ती नेताले भने,‘शुक्रबार ९ बजे समिति बन्छ, त्यही समितिले दिएको सुझावका आधारमा सिट बाँडफाँट पनि हुन्छ।’

यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।

तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरु देखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ।

सम्भवतः पाँचै दलबाट कम्तीमा दुईजना रहेको समिति बन्न सक्ने सम्भावना छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि भोलि ९ बजे बस्ने बैठकमा धेरै विषयमा छलफल गरेर निर्णयमा पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .