ad ad

राजनीति


तत्कालीन नेकपाका पाँच नेताप्रति ओलीको कटाक्ष : जनविरोधी, देशद्रोही, एमसीसी, एसपीपी!

तत्कालीन नेकपाका पाँच नेताप्रति ओलीको कटाक्ष : जनविरोधी, देशद्रोही, एमसीसी, एसपीपी!

नेपालखबर
साउन १७, २०७९ मंगलबार २०:७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ओलीले तत्कालीन नेकपाकालका पाँच नेतालाई देशद्रोहीको संज्ञा दिएका छन्।

समाजवादी केन्द्र बनाउन प्रयासरत पाँच नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठप्रति कटाक्ष गर्दै ओलीले एमालेलाई दुःख दिने व्यक्तिको रुपमा चित्रित गरेका हुन्।

तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्वसहकर्मीहरुलाई देशद्रोहीको संज्ञा दिएका हुन्

‘गठबन्धनमा बसेर, दृष्ट उद्देश्य राखेर अनि अस्ति त पाँच भाइ भेला भएछन्। जो एमालेमा हुँदा दुःख दिने थिए नि। पाँच भाइ पार्टी फुटाउनेहरु जम्मा भएछन्। अनि, के पो बनाउने भने समाजवादी केन्द्र’ ओलीले भने, ‘अनि समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे। यी समाजवादी। यी जनविरोधी, यी देशद्रोही, यी एमसीसी, यी एसपीपी। यिनीहरु समाजवादी?’

ओलीले गठबन्धन छोडेर आए, गठबन्धन बेठीक हो भनेर त्यसलाई परित्याग गरेर आएभने उनीहरु (माधव–प्रचण्ड)को बारेमा विचार गर्न सकिने बताए। 

‘देशको सबैभन्दा ठूलो पार्टी, झण्डै दुई तिहाइको पार्टी थियो। उसलाई फुटाएर, त्यसलाई कमजोर पारेर, अदालतमा मुद्दा हालेर परमादेशबाट सरकार गिराएर दक्षिणपन्थी सरकार बनाउने, कम्युनिष्ट पार्टी सिध्याउन, वामपन्थी पार्टी सिध्याउनका लागि गठजोड गर्ने?’ उनले भने, ‘दुष्ट उद्देश्य बोकेर दक्षिणपन्थी सरकार टिकाउने र अझ कांग्रेसलाई प्रमुख पार्टी बनाइदिने भन्ने अनि कम्युनिष्ट हुने तिनीहरु। बामपन्थी हुने तिनीहरु । लाजसरम छैन ? गोरु मात्रै होइन, अरु जनावर पनि लजाउँछन् यस्ता कुराले।’

उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे। 

ओलीले भने, ‘सिपीजी र म एउटा आन्दोलनबाट आएका। एक अर्कालाई बहुत राम्रो चिन्दछौं। जुँगाका रेखी बस्दादेखि नै चिनेको। हामी एउटै आन्दोलनबाट पनि आएको। अलग बस्नुपर्ने कारण नै छैन। हामी कोही पनि देशका विरुद्ध छैनौं। जनताका विरुद्ध छैनौं। प्रगतिका विरुद्ध छैनौं। सुशासनका विरुद्ध छैनौं। विकासका विरुद्ध छैनौं। एकताका आधार यिनै हुन्। अरु साना केके जाति निकालेर नि केही नगरौं, एकतावद्ध भएर अघि बढौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .