ad ad

राजनीति


जब एमालेको बैठकमा घनश्याम भुसाल गयल भए....

जब एमालेको बैठकमा घनश्याम भुसाल गयल भए....

नेपालखबर
साउन १७, २०७९ मंगलबार १८:४०, काठमाडौँ

 नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीभित्र विधि र पद्धतिको वकालत गर्दै आएका छन्।

अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचकसमेत रहेका भुसालले पार्टीलाई विधि प्रक्रियामा नचलाएको आरोपसमेत लगाउने गरेका छन्।

साउन १५ गते एमालेको मुख्यालय च्यासलमा आयोजित विभागीय प्रमुखहरुको बैठकमा अध्यक्ष केपी ओलीले घनश्याम भुसाललाई खोजी गरे, जहाँ भुसाल उपस्थित थिएनन्।

पार्टीका ३३  वटै विभागका प्रमुख र पदाधिकारीहरूको बैठक केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो, सबैको रिपोर्टिङ सुन्न अध्यक्ष ओली आफैं उपस्थित भएका थिए।

विभागीय कामको रिपोर्टिङ र विभागको वार्षिक कार्ययोजना लिखित रुपमा प्रस्तुत गर्ने कार्यसूची रहेको बैठकमा करिब ३० वटा विभागका प्रमुखहरुले कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरू थिए। 

घनश्याम भुसाल प्रमुख र एम. अधिकारी सदस्य रहेको अर्थ योजना विभागबाट भने कार्ययोजना प्रस्तुत नभएको एमालेका एक नेताले बताए।

पनौतीमा आयोजित वामपन्थसम्बन्धी अन्तरक्रियाका सहभागी

त्यसैगरी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना उपप्रमुख रहेको खानेपानी विभागबाट पनि कार्ययोजना प्रस्तुत नभएको ती नेताले नेपालखबरलाई बताए। अरु पनि केही विभागीय प्रमुख बैठकमा गयल भए।

बैठकमा सहभागी एक एमाले नेताले नेपालखबरसँग भने, ‘घनश्यामजीउषाजी बैठकमै आउनुभएन। उहाँहरु वामपन्थीहरूको भेलामा पनौती जानुभएको रहेछ। आफूले गर्नुपर्ने काम चाहिँ नगरेर बाहिरी भेलामा व्यस्त भएकाले उहाँहरूबाट कार्ययोजना नै आएन।’ 

घनश्याम भुसाल अनुपस्थित विभागहरुको बैठक

स्रोतका अनुसार उक्त बैठकमा अनुपस्थित भुसालप्रति संकेत गर्दै ओलीले कटाक्ष गरे, ‘विभागीय प्रमुखहरु नै बैठकमा आउनुहुन्न, खासमा रिपोर्टिङ के हुन्छ?’

बैठकमा सहभागी एमालेका मुख्य सचेतक विशाल भट्टराईले भुसाल र तिमल्सिनासहितका केही विभागीय प्रमुख र उपप्रमुख उपस्थित नभएको बताए। उनले भने, ‘उहाँहरु किन उपस्थित हुनुभएन, त्यो त बुझ्न पाइएन। कुनै काम विशेष पर्यो होला।’

भुसाल निकट स्रोतले भने बैठकमा अरु पनि धेरै नेताहरु अनुपस्थित रहेको बतायो । स्रोतले भन्यो, ‘घनश्यामजी अर्को कार्यक्रममा जानु परेकाले उपस्थित नभए पनि उहाँको विभागका उपप्रमुखका तर्फबाट कार्ययोजना प्रस्तुत भएको छ । उषाजी खानेपानी विभागको प्रमुख नै होइन, उपप्रमुख हो । मणि थापा लगायतका अरु कमरेडहरु पनि बैठकमा जानुभएको थिएन, भुसालजीमात्रै अनुपस्थित हुनुभएको होइन ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .