राजनीति


विश्व युवा स‌गठनको उपाध्यक्षमा राष्ट्रिय युवा संघ निर्वाचित

विश्व युवा स‌गठनको उपाध्यक्षमा राष्ट्रिय  युवा संघ निर्वाचित

नेपालखबर
मंसिर २१, २०७६ शनिबार १३:०,

विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ।

साइप्रसमा भएको संगठनको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए।

संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ। भुसाल यसअघि संगठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत रहेका थिए।

यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा संगठन सहभागी थिए ।

संगठनमा नेपालको तर्फबाट नेकपा निकट अनेरास्ववियु र युवासंघ सदस्य रहेका छन्। नेपालले सम्मेलनमा सन् १९९३ बाट सहभागिता जनाउँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad