ad ad

राजनीति


जनार्दन शर्माबारेको छानबिन प्रतिवेदनमा एमालेको फरक मत

जनार्दन शर्माबारेको छानबिन प्रतिवेदनमा एमालेको फरक मत

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०७९ शुक्रबार १५:५६, काठमाडौँ

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले तयार पारेको प्रतिवेदनमा प्रतिपक्षी नेकपा एमालेले फरक मत राखेको छ। 

विशेष समितिमा रहेका एमालेका चार सांसदहरुले शर्मामाथि लागेको आरोप छानबिनपछि तयार पारिएको प्रतिवेदनमा फरक मत राखेका हुन्। 

फरक मत राख्ने एमाले सांसदहरुमा खगराज अधिकारी, प्रदीपकुमार ज्ञवाली, विमला विक र भानुभक्त ढकाल रहेका छन्। 

समितिले उनीहरुको फरक मतसहित प्रतिवेदन प्रतिनिधिसभा समक्ष पेश गरेको छ। 

फरक मत राखेका समिति सदस्यहरुले प्रतिवेदनको सुझावमा थप्नु पर्ने विषय भन्दै लेखेका छन्, ‘यस विषयमा स्पष्ट कार्यादेशसहितको संयन्त्र बनाएर थप छानबिन गर्नु पर्ने र छानबिनका क्रममा दोषी ठहर भएकालाई कानुनबमोजिम कारबाही गर्नु आवश्यक रहेको राय प्रस्तुत गर्न चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .