ad ad

समाज


संसदीय समितिको सुझाव : सीसीटीभी निर्देशिका अनिवार्य पालना गर्नू

संसदीय समितिको सुझाव : सीसीटीभी निर्देशिका अनिवार्य पालना गर्नू

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १५:५२, काठमाडौँ

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्न सुझाव दिएको छ। 

छानविन विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णद्वारा शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेश गरिएको प्रतिवेदनमा सम्पूर्ण सरकारी निकायले निर्देशिका अनिवार्य रूपमा पालना गर्न सुझाव दिइएको छ। 

‘सीसीटीभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई अर्थ मन्त्रालय र निर्देशिका जारी गर्ने गृह मन्त्रालय समेतले पूर्ण रूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नु पर्दछ,’ छानविन प्रतिवेदन मार्फत् दिइएको पहिलो सुझावमा भनिएको छ।  

दोस्रो सुझावमा सिंहदरबार परिसर भित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै निकायमा सीसीटीभी प्रणाली व्यवस्थित गर्न र सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न छुट्टै अध्ययन गर्नुपर्ने देखिएको उल्लेख छ। 

समितिले छानबिनको क्रममा अर्थ मन्त्रालयले संसद र संसदीय समितिले माग गरेका कागजात प्रमाणहरु र गरिएका पत्राचारको जवाफ र विवरण उपलब्ध गराउने सिलसिलामा विषयको गाम्भीर्यतालाई ध्यान नदिइ हलुका ढंगले व्यवहार गरेको महसुस गरेको भन्दै अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूले आफ्नो जिम्मेवारी र जवाफदेही सही रूपमा बहन गर्नुपर्नेमा जोड दिएको छ।

समितिले सीसीटीभी फुटेजको विश्लेषण, अर्थ मन्त्रालयबाट प्राप्त कागजात, प्रमाणहरूको विश्लेषण, अर्थ मन्त्रलयका विभिन्न तहका पदाधिकारीहरूसँगको छलफल, विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भएका समाचारहरू लगायतबाट प्राप्त तथ्यका आधारमा विश्लेषण गरेर निकालिएको निष्कर्षका आधारमा संसदसमक्ष सुझाव सिफारिस गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .