ad ad

राजनीति


जनार्दन शर्मालाई संसदीय समितिले दियो सफाइ (प्रतिवेदनको पूर्ण पाठ)

जनार्दन शर्मालाई संसदीय समितिले दियो सफाइ (प्रतिवेदनको पूर्ण पाठ)

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १५:४५, काठमाडौँ

गत जेठ १४ गते राति बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपपछि राजीनामा दिएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाएका छन्। 

सांसद लक्ष्मणलाल कर्णको नेतृत्वमा बनेको ११ सदस्यीय संसदीय विशेष समितिले अनधिकृत व्यक्ति प्रवेश र करका दर हेरफेर दुवै विषयमा शर्मालाई सफाइ दिएको हो। 

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै विवादमा परेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन पेश गरेको हो। 

सांसद लक्ष्मणलाल कर्ण नेतृत्वको संसदीय विशेष समितिले शुक्रबार दोस्रो पटक बसेको बैठकमा पेश गरेको प्रतिवेदनमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा कुनै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख छ।

समितिको प्रतिवेदनको परिच्छेद ४ अन्तर्गत निष्कर्ष र सुझाव खण्डमा छानबिनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ।

'समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट जबाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म समिति छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति गरेको देखिएन', प्रतिवेदनमा भनिएको छ, 'सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको पर सान्दर्भिक रहेन। करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरुको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन।' 

प्रतिवेदनको पूर्ण पाठ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .