ad ad

राजनीति


ओलीले झापा पुगेर सोधे : दमकमा किन हार्‍यौँ? अरु दलका भरिया किन बन्यौँ?

ओलीले झापा पुगेर सोधे : दमकमा किन हार्‍यौँ? अरु दलका भरिया किन बन्यौँ?

नेपालखबर
साउन १२, २०७९ बिहिबार १२:५३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन गृहनगर दमकमा कारण सोधेका छन्।

केही दिनदेखि गृहजिल्ला झापामा केन्द्रित ओलीले बिहीबार आयोजित एक कार्यक्रममा एमाले कार्यकर्ताहरूसँग दमकमा हार्नुको कारणबारे जवाफ मागेका हुन्। 

दमक नगर पार्टी कार्यलयमा अगुवा कार्यकर्तासँग बिहीबार अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले एमालेलाई एक ढिक्का बनाएर राष्ट्रिय राजनीतिको मियोका रुपमा स्थापित गर्ने अभियानमा आफू रहेको पनि बताएका छन्। 

‘यस पटकको निर्वाचनमा दमकमा विरोधीलाई फाइदा पुगेको छ,’ उनले भने, ‘विभिन्न रुपमा विरोधीलाई सघाउने काम भयो, हामी उनीहरुका भरिया मात्रै भएछौँ।’ 

ओलीले हारको कारण खोज्दै विरोधीलाई भोट दिएर जिताइसकेपछि उसको झण्डा बोकेर आफूलाई गरेको गाली सहनुपर्ने अवस्था आउने बताए। 

उनले अर्कालाई जिताएर आफैँ अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए। 

‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो’ ओलीले भने, ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो, नेतृत्व गर्ने हो।’

सबै नेता कार्यकर्तालाई पार्टीको सिद्धान्त र नीति बुझ्न उनले आग्रह गरे। उनले स्थानीय तह निर्वाचनको गल्ती अब नदोहोरिने गरी पार्टी काममा होमिन पनि गृहनगरका नेता कार्यकर्तालाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .