ad ad

राजनीति


अनेरास्ववियूको विधान महाधिवेशन असोजमा

अनेरास्ववियूको विधान महाधिवेशन असोजमा

नेपालखबर
साउन ६, २०७९ शुक्रबार २०:५५, काठमाडौँ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ। 

अनेरास्ववियूको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म संगठनको विधानबारे छलफल गर्नका लागि महाधिवेशन बोलाएको अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।

यस्तै, बैठकले जिल्ला र सो मातहतका कमिटीको अधिवेशन साउन महिनाभित्र सक्न निर्देशन दिएको छ।

अध्यक्ष बरालका अनुसार विधान महाधिवेशनमा संगठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमाथि छलफल हुनेछ। उनले विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशन गर्ने बताइन्।

यसैगरी भदौ १५ गतेभित्र प्रदेशस्तरीय शिक्षण तथा भेला र विश्वविद्यालय राष्ट्रिय कमिटीका सम्मेलन, भेला गर्ने निर्णय गरिएको छ ।
 

बैठकले विश्वविद्यालयमा नियमितरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन केन्द्रीय कमिटी र क्याम्पस तहका स्ववियु निर्वाचनको आवश्यकता सन्दर्भमा रचनात्मक दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .