राजनीति


ओलीको कटाक्ष : अर्को फुटका लागि वाम एकता अभियान थालेछन्

ओलीको कटाक्ष : अर्को फुटका लागि वाम एकता अभियान थालेछन्

एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन ४, २०७९ बुधबार १२:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमसहितका नेताहरुले सुरू गरेको कम्युनिष्ट एकता अभियानलाई अर्को फुटको पूर्वअभ्यास भनेका छन्। 

एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेलालाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'फेरि केहीले वाम एकता अभियान चलाउन थालेछन्', उनले वामदेवतिर लक्षित गर्दै भने, 'यो अभियान के का लागि? अर्को फुटका लागि एकताको अभियान चलाइएको छ।'

उनले जोसँग उन्नत विचार छ, सिद्धान्त छ, उही असफल भइरहेको पनि बताएका छन्। 

‌ओलीले आगामी प्रदेश र प्रतिनिधिसभामा निर्वाचनबाट एमाले सरकारमा फर्किने पनि बताएका छन्। 

'राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ। आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ', उनले भने, 'हाम्रो आफ्नै कारणले गत स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम आएन। कति इमानका साथ हामीले काम गर्यौँ र सोच्यौँ व्यवहार गर्यौँ, एक पटक सबैले सोच्नुहोला।' 

वाम एकताका लागि भन्दै मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तत्कालीन नेकपा सचिवालयका पाँच नेता जुटेका थिए।

उक्त भेला वामदेवको प्रस्तावमा भएको थियो। वामदेवले अहिले तत्कालीन नेकपाको सचिवालय ब्युँताएरै विस्तारै वामलाई एक ठाउँमा ल्याउने बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad