राजनीति


बाबुराममाथि कारबाही चलाएका उपेन्द्रलाई हिसाब नमिलेपछि सकस

निर्वाचन आयोग जाने योजना धकेलियो
बाबुराममाथि कारबाही चलाएका उपेन्द्रलाई हिसाब नमिलेपछि सकस

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार १५:२४, काठमाडौँ

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय समितिमा ४ सय ९९ जनाको नाम पुर्‍याउन समय लागेपछि निर्वाचन आयोग जाने कार्यक्रम अनिश्चित बनेको छ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले २८–२९ असारमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक राखेर जसपा पुनर्गठन निर्णय गरेका थिए।

बाबुरामको उक्त कदमपछि उपेन्द्रले पर्साको वीरगञ्मा २९–३० असारमा बसेको केन्द्रीय समिति बैठकबाट कार्यकारिणी समिति, केन्द्रीय समिति पुनर्गठन निर्णय गराए।

उनले डा. बाबुराम लगायतका ९ नेतालाई पदमुक्त गरेका थिए।

नौ जनामाथि कारवाहीपछि नयाँ केन्द्रीय समिति र कार्यकारिणी सदस्यको नाम निर्वाचन आयोगमा अपडेट गराउन आइतबार (१ साउन) मा जाने तयारी संख्या नपुगेकैले रोकिएको एक नेताले जानकारी दिए।

‘केन्द्रीय समितिलाई अपडेट गराएर आजै जाने तयारी थियो तर, रोकिएको छ,’ ती नेताले भने, ‘केन्द्रीय समिति र कार्यकारिणीमा कसलाई राख्ने कसलाई नराख्ने लफडा छ।’

उपेन्द्र यादवसहितका नेताहरु अहिले बाबुरामतिर लागेका र तटस्थ बसेका नेताहरुलाई फकाउने प्रयासमा छन्।

जसपाको केन्द्रीय र कार्यकारिणीका झण्डै २० प्रतिशत नेताहरु कतै खुलेका छैनन्। 

‘अहिले तटस्थ बस्नुभएका कार्यकारिणी र केन्द्रीय सदस्यहरुलाई फकाउने प्रयास  भइहरेको छ, ९ जनाबाहेक बाबुरामजीतिर खुलेका साथीहरु आउनु हुन्छ कि भनेर कुरिएको पनि हो,’ ती नेताले भने। 

उपेन्द्रको बैठकमा कति केन्द्रीय सदस्य थिए? यसबारे अहिलेसम्म जानकारी दिइएको छैन।

नेताहरुका अनुसार २ सय ५० जनाभन्दा बढी उपस्थित भएका थिएनन्।

जसपाका कार्यकारिणी सदस्य रकम चेम्जोङले अब छिट्टै कार्यकारिणी बैठक बसेर केन्द्रीय समितिलाई पूर्णता दिइने बताए।

वीरगञ्जको केन्द्रीय समिति बैठकले कार्यकारिणीलाई उक्त अधिकार दिएको उनले बताए।

विवाद बढ्नुअघि जसपामा ३२ सदस्यीय कार्यकिारणी समिति, ४ सय ९९ केन्द्रीय समिति छ।

यही हिसाब नमिलेपछि उपेन्द्र निर्वाचन आयोग गएका छैनन्। नेताहरुका अनुसार अब छिट्टै बैठक बसेर आयोग जाने प्रयास भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .