साताको पहिलो कारोबार दिन सेयरबजार १ अंकले मात्र हरियो देखिएको छ।
बजार परिसूचक नेप्से १.९३ अंकले बढेको हो। योसँगै नेप्से २०११.३९ विन्दुमा रहेको छ।
पछिल्ला केही दिन लगातार बढेको सेयरबजार अन्य दिनको तुलनामा केही सुस्त देखिएको हो।
आज २१० वटा कम्पनीको मात्र सेयर कारोबार भएको छ। दिनभरिमा २५ हजार ९ सय २४ पटक खरिदबिक्री हुँदा ३० लाख कित्ता सेयर बिक्री भए। यसअनुसार १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आइतबार वाणिज्य बैंक, व्यापार, उत्पादन, जीवन बीमा र लगानी समूहको बाहेक अन्य उपसूचकहरु राताम्य छन्।
आज लगानीकर्ताले ५.४८ प्रतिशतसम्म कमाउँदा ९.७८ प्रतिशतसम्म गुमाएका छन्। आज माथिल्लो तामाकोशीको ६ करोडको सर्वाधिक कारोबार भएको छ।
30
Shares

प्रतिक्रिया