राजनीति


कांग्रेस बैठकमा बालकृष्ण खाणले भने : माओवादी गठबन्धनबिना चुनाव लड्नै सक्दैन, अर्को पार्टनर खोजिहाल्छ

कांग्रेस बैठकमा बालकृष्ण खाणले भने : माओवादी गठबन्धनबिना चुनाव लड्नै सक्दैन, अर्को पार्टनर खोजिहाल्छ

फाइल फोटो


नेपालखबर
असार ३२, २०७९ शनिबार १५:४८, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले अहिले मात्रै नभई पछिसम्मका लागि पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताएका छन्। 

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खाणले यसो भनेका हुन्। 

बैठकमा सम्बोधनका क्रममा उनले गठबन्धनबिना नेकपा माओवादी केन्द्र एक्लै चुनावमा नलड्ने भएकाले उसलाई अर्को पार्टनर चाहिने भएकाले कांग्रेसले पनि विचार पुर्याउनपर्ने बताए। 

‘गठबन्धनबिना माओवादी केन्द्र एक्लै चुनावमा लड्दैन, उसले अर्को कुनै पार्टनर खोजिहाल्छ,’ खाणले बैठकमा राखेको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धन भयो भने कसैको पनि सिट जानसक्छ, यसका लागि सबै तयार रहनुपर्छ।’

उनले गृह प्रशासनको नियमित ड्युटी अनुसार सूचना संकलन हुने बैठकमा बताएका थिए। 

‘गृह प्रशासनको नियमति ड्युटीअनुसार सूचना संकलन हुन्छ,’ बैठकमा खाणले भनेका थिए। ‘कसैको सुराकी, चियो चर्चा भएको भए त्यसैबेला भन्नुपर्नेछ।’

उनले महिनौँपछि मिडियामा पोलिटिकल स्टन्ट गर्नु आवश्यक नभएको पनि बैठकमा बताएका थिए। 

कांग्रेस केन्द्रीय कार्यसमितिको पाँचौ दिनको बैठक जारी छ। गत २७ असारदेखि जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ। 

आजको बैठकमा पदाधिकारीले समेत बोल्ने बताइएको छ। अहिले गठबन्धन सरकारका मन्त्रीहरुले आफ्नो भनाइ राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad