ad ad

राजनीति


मर्यादाक्रमबारे कांग्रेसमा असन्तुष्टि, प्रदेश सभापतिहरुलाई हेपेको गुनासो

मर्यादाक्रमबारे कांग्रेसमा असन्तुष्टि, प्रदेश सभापतिहरुलाई हेपेको गुनासो

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकका सहभागीहरु


नेपालखबर
असार ३२, २०७९ शनिबार १५:२३, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित मर्यादाक्रममाथि प्रश्न उठेको छ। 

शनिबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मर्यादाक्रम नमिलेको भन्दै सच्याउन आग्रह गरेका छन्। 

‘प्रदेश सभापतिहरूको एक मत विषय भनेको प्रस्तावित मर्यादाक्रम मिलेको छैन भन्ने हो,’ शर्माले बैठकमा भने, ‘सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भएपनि प्रदेश सभापति किन केन्द्रीय सदस्य न हुने?’

केन्द्रले प्रदेशलाई सहयोग नगर्दा समस्या हुने उनले बैठकमा बताए। ‘केन्द्रमा आउने लेबी केन्द्रले थोरै मात्र लिएर बाँकी तल पठाउनुपर्छ,’ बैठकमा सभापति शर्माले भने, ‘थोरै मतले पराजित साथीहरुलाई पनि जितेकाहरूले सँगै लिएर जानुपर्छ।’

हिजो असहयोग गरेकालाई पनि कन्भिन्स गराएर सहयोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। 

‘हिजो हामीलाई असहयोग गर्नेलाई कन्भिन्स गरेर सहयोग गर्ने वातावरण मिलाउनुपर्छ,’ उनले बैठकमा भने, ‘तल्लो निकायबाट थोरै मात्रको सिफारिस केन्द्रमा आउने वातावरण मिलाउनुपर्छ।’

अहिले कांग्रेस केन्द्रीय कार्यसमितिको पाँचौ दिनको बैठक जारी छ। गत २७ असारदेखि जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ। 

शनिबारको बैठकमा पदाधिकारीहरु र बाँकी मन्त्रीहरुले समेत बोल्ने बताइएको छ। यसअघि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्काले बोलिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .