वरिष्ठ अधिवक्ता रमेश बडालले एआईजी विश्वराज पोखरेललाई आईजीपीमा नियुक्ति गर्न सर्वोच्च अदालतले परमादेश दिनुपर्ने बताएका छन्।
आईजी नियुक्तिविरुद्ध एआईजी पोखरेलले हालेको रिटमाथिको सुनुवाइका क्रममा शुक्रबार जवाफी बहसमा सहभागी उनले यस्तो तर्क गरेका हुन्।
'सर्वोच्च अदालतले प्रधानमन्त्री त यति घण्टाभित्र नियुक्ति गरेर शपथ खुवाउनु भन्न सक्छ भने आईजी बनाउन नसक्ने कुरै छैन', उनले भने, 'यसअघि यो सरकारको तजबिजी अधिकार भनिएको छ। तर यो होइन, नितान्त गलत हो। त्यसैले परमादेश जारी गरेर भए पनि सर्वोच्चले विश्वराजलाई नै आईजी बनाउने बाटो खोलिदिनुपर्छ।'
सुनुवाइका क्रममा अन्तिम जवाफी बहस सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यले गरेका छन्।
1.2k
Shares

प्रतिक्रिया