प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने भएको छ।
एमालेबाट उपसभामुखका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने एमाले सांसद कृष्णभक्त पोखरेलले नेपालखबरलाई जानकारी दिए।
‘हामी नोमिनेशन गरेर अघि बढ्ने भयौं,’ पोखरेलले भने, ‘भोलि मनोनयन फिर्ता गर्ने बेलासम्ममा लोसपालाई सघाउने गरी फिर्ता लिने चान्स पनि छ।’
लोसपाबाट उपसभामुखमा समानुपातिक सांसद चन्दा चौधरीलाई उठाउन सक्ने सम्भावना छ।
उम्मेदवार मनोनयनका लागि ११ बजेबाट समय सुरु भइसकेको छ।
२०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै छ।
बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्।
शुक्रबार दिउँसो ३ बजे उपसभामुखका लागि निर्वाचन हुँदैछ।
सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।
Shares

प्रतिक्रिया