राजनीति


जसपा विवाद : उपेन्द्र यादवको पक्षमा पुग्यो बहुमत

जसपा विवाद : उपेन्द्र यादवको पक्षमा पुग्यो बहुमत

फाइल फोटो


नेपालखबर
असार २९, २०७९ बुधबार १९:३२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षमा बहुमत पुगेको छ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग विवादको कारण फुट हुन लागेको जसपाको काठमाडौं र वीरगञ्जमा अलग अलग बैठक भइरहेका छन्।

डा. भट्टराई पक्षको मंगलबारदेखि केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा जारी छ। 

अध्यक्ष उपेन्द्र पक्षको बुधबारदेखि पर्साको वीरगञ्जमा बैठक सुरु भएको हो।

बैठकमा २ सय ६४ केन्द्रीय सदस्य उपस्थित भएको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताए।

भट्टराई निकट भनेर चिनिएका राई दुई हप्ताअघि जसपाबाट मन्त्री बनाइएपछि उपेन्द्रतिर खुलेको चर्चा छ। जसपाको ४ सय ९९ केन्द्रीय सदस्य छन्। 

‘उपेन्द्र पक्षमा बहुमत पुगेको राईले बताए। अहिलेसम्म वीरगञ्जमा केन्द्रीय सदस्य २ सय ६४ को हस्ताक्षर भयो,’ राईले भने।

उपेन्द्रको बैठक बिहीबारसम्म जारी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .