राजनीति


उपसभामुख गठबन्धनमै राख्छौँ, कांग्रेस प्रमुख हकदार हो : मीन विश्वकर्मा

उपसभामुख गठबन्धनमै राख्छौँ, कांग्रेस प्रमुख हकदार हो : मीन विश्वकर्मा

फाइल फोटो


नेपालखबर
असार २९, २०७९ बुधबार १७:१०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभाको उपसभामुख पद सत्ता गठबन्धन दलले नै लिने सहमति भएको बताएका छन्। 

दुई दिनदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा भाग लिन सानेपा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै उपसभामुखको निर्वाचन मिति तय भइसकेकाले कांग्रेस त्यसको प्रमुख दाबेदार रहेको बताए। 

'प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारीबारे गठबन्धनमा कुरा भएको छ। यसमा गठबन्धनबाटै उम्मेदवार उठाउने हो', उनले भने, 'अहिले नै व्यक्तिबारे निष्कर्ष आइसकेको छैन। गठबन्धनमा पनि कांग्रेसले नै उपसभामुख लिने भन्ने छ।'

उनले प्रतिनिधिसभाको कार्यकालको अन्तिममै भए पनि संवैधानिक व्यवस्था अनुसार उपसभामुख छान्न लागिएको बताए। 

'यो कुनै बाध्यता होइन, संवैधानिक व्यवस्थाअनुसार पदपूर्ति गर्न लागिएको हो', उनले भने, 'विगतका सरकारले पटक पटक संसद विघटन गर्दा र गठबन्धन दलमा सहमति नभएकाले अहिलेसम्म नछानिएको हो।' 

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले पनि निर्वाचन प्रक्रिया अघि बढाइएको जानकारी विश्वकर्माले दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad