राजनीति


ज्ञानेन्द्र कार्कीको दाबी : हिजो करोडौँ भ्रष्टाचारका समाचार आउँथे, आज सुशासन छ

प्रधानमन्त्री देउवाप्रति कांग्रेसजनले गर्व गर्नुपर्ने जिकिर
ज्ञानेन्द्र कार्कीको दाबी : हिजो करोडौँ भ्रष्टाचारका समाचार आउँथे, आज सुशासन छ

फाइल तस्बिर


नेपालखबर
असार २९, २०७९ बुधबार १६:३६, काठमाडौँ

शेरबहादुर देउवा नेतृत्वको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अहिले देशमा सुशासन रहेको दाबी गरेका छन्। 

पार्टी कार्यालय सानेपामा मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै कार्कीले आफ्ना भनाइ राख्दै यस्तो तर्क गरेका हुन्। 

'हिजोको दिनमा हप्तैपिच्छे करोडौँ भ्रष्टाचार भएका समाचार आउँथे। अहिले देशमा सुशासन कायम भएको छ', उनले भने, 'स्थानीय तहको परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको छ।'

उनले कांग्रेसको आन्तरिक एकतालाई बलियो बनाएर मुलुकको सबैभन्दा ठूलो र भरोसायोग्य पार्टी बनाउनु पर्नेमा पनि जोड दिए। 

'हामीले हाम्रो सभापतिमाथि गर्व गर्नुपर्ने अवस्था छ', उनले भने, 'थोरै सिट हुँदाहुँदै सरकार मात्र छैनौँ, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौँ।' 

उनले अहिले कांग्रेस नेतृत्वमा केन्द्रदेखि गाउँ गाउँसम्म सरकार रहेको पनि जिकिर गरे। 'अहिले कांग्रेसको सरकार प्रदेश र गाउँगाउँमा छ। गठबन्धनका समस्याहरु होलान्, समस्या समाधान गर्दै जानुपर्छ', उनले भने, 'देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धन निरन्तर हुनु जरूरी छ। पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्छ।' 

उनले अर्थतन्त्र कमजोर भए पनि नेपाल श्रीलंकाको बाटोमा नजाने जिकिर गरे। 'अर्थतन्त्र कमजोर छ तर ढुक्क हुनुहोस् म दाबीका साथ भन्छु, नेपाल श्रीलंकाको बाटोमा जाँदैन', उनले भने, 'हामीलाई पुग्ने स्रोत साधन देशभित्रै विकास गर्न सकिन्छ।' 

प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा उनले जलविद्युतबारे ठूलो सम्झौता भएको बताए।

'प्रधानमन्त्री भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेटेर ३६४ मेगावाट विजुली निर्यात गर्ने सम्झौता गरिसक्नु भएको छ', उनले भने, 'भारत र बंगलादेशसहितका देशमा १५ हजार मेगावाट बिजुली बेच्न सक्छौँ। बिजुली बेचेरै महिनामा अर्बौँ कमाउन हामीलाई गाह्रो छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad