प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ।
एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाए।
'ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन?', उनले सोधे, 'त्यसबारे सदनलाई स्पष्ट जानकारी गराउनुपर्छ। यसबारेमा सरकारले जवाफ दिनुपर्छ।'
27
Shares

प्रतिक्रिया