राजनीति


चिनियाँ नेता लिउले खुमलटार पुगेर भेटे प्रचण्डलाई

चिनियाँ नेता लिउले खुमलटार पुगेर भेटे प्रचण्डलाई

नेपालखबर
असार २७, २०७९ सोमबार १६:३३, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ। 

प्रचण्डलाई भेट्न लिउ सोमबार अपरान्ह ४ बजे प्रचण्ड निवास खुलमटार पुगेका हुन्। 

प्रचण्डको सचिवालयले चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले खुमलटारमा भेटवार्ता गरेको जनाएको छ।

उक्त भेटवार्ताका क्रममा माओवादीका तर्फबाट नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, प्रमुख सचेतक देव गुरुङ र ऊर्जामन्त्री पम्फा भुसालसमेत सहभागी थिइन्। 

नेपाल भ्रमणमा रहेका लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। 

खुमलटारमा भेटवार्ता सकिएपछि आजै साँझ होटल सोल्टीमा रात्रिभोज आयोजना गरिएको छ। 

अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार खुमलटारको भेटपछि होटल सोल्टीमा प्रचण्डका तर्फबाट रात्रिभोज आयोजना गरिएको हो।

प्रधानमन्त्री देउवासँगको भेटपछि आइतबार साँझ होटल मेरियटमानेता लिउ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डललाई परराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस नेता डा। खड्काले रात्रिभोज दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .