अर्थमन्त्री जनार्दन शर्माले आफू के कारणले अनैतिक भएको भन्दै प्रश्न सोधेका छन्।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा समय लिएर बोल्दै अर्थमन्त्री शर्माले यस्तो प्रश्न गरेका हुन्।
‘मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ?’ शर्माले भने, ‘न मैले संकट परेका जनताको कोरोनाको बेलामा बदमासी गरेँ।’
शर्माले राजनीतिक पूर्वाग्रहको पराकाष्टको रुपमा आफू विरुद्धको आन्दोलनलाई अर्थ्याएका छन्।
‘न मैले करको दर हेरफेर गर्नुपूर्व कुनै व्यापारीलाई सामान भित्र्याउने अनुमति दिएँ, न मैले कुनै बच्चाको दुध बढाएर चकलेटको रेट घटाएँ। के कारणले म अनैतिक भएँ?’ शर्माको प्रश्न छ।
114
Shares

प्रतिक्रिया