ad ad

राजनीति


नेकपाकालीन सचिवालयका ५ नेता एकै ठाउँमा

नेकपाकालीन सचिवालयका ५ नेता एकै ठाउँमा

नेपालखबर
असार १९, २०७९ आइतबार १९:२७, काठमाडौँ

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच आइतबार भेटवार्ता भएको छ। 

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

यसअघि आज बिहानमात्रै पनि भेटघाट भएको प्रचण्डले आइतबारको केन्द्रीय समिति बैठकमा जानकारी गराएका थिए।

केन्द्रीय समिति बैठक सकेर प्रचण्ड भेटघाटका लागि निस्किएका हुन्। नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।

पछिल्लाे समय वामदेव गाैतमले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी निर्माण गरी सक्रियता बढाएका छन्। यस्तै हाल सहकार्य गरिरहेका माओवादी र एकीकृत समाजवादीका नेताहरु पनि भविष्यमा  पार्टी एकता हुनसक्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .