ad ad

राजनीति


एमालेको निष्कर्ष : सत्ता गठबन्धन भत्किन्छ, अब सग्लो रहँदैन

एमालेको निष्कर्ष : सत्ता गठबन्धन भत्किन्छ, अब सग्लो रहँदैन

नेपालखबर
असार १९, २०७९ आइतबार १८:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन अब लामो समय सग्लो नरहने निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन लामो नजाने बताए।  

'सत्तारुढ गठबन्धन अहिलेकै अवस्थामा रहन्छ भन्ने हामीलाई विश्वास छैन', उनले भने, 'सिट बाँडफाँटमा पनि त्यहाँभित्र कुरा मिलेको छैन। गठबन्धनका पार्टीभित्रै अनेक गुट उपगुट बनेका छन्।'

उनले गठबन्धनमा विवाद भए पनि माओवादी र एकीकृत समाजवादी एमालेसँगै मिल्न आउने सम्भावना नरहेको पनि बताएका छन्। 

'गठबन्धन दल जनता समाजवादी पार्टी विभाजनको संघारमा छ। त्यसपछि विभाजित हुने शक्ति नै कता लाग्छ थाहा हुँदैन', उनले भने, 'अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना छ। गठबन्धन सग्लै रहिरहन्छ भन्ने हामीलाई विश्वास छैन।'

उनले गठबन्धनले गरिरहेका जनविरोधी र राष्ट्र विरोधी कामको भण्डाफोरमा आफूहरु लाग्ने पनि बताए। 

गुरुङले अहिले पनि एमाले पहिलो नम्बरकै पार्टी रहेको बताए। 'अहिले पनि एमाले एक नम्बर पार्टी हो। मत संख्या जोड्दा अहिले पनि हामी बलियो छौँ। पपुलर मतको हिसाबले हामी अहिले पनि बलियो छौँ', उनले भने, 'आफ्नै शक्तिमा जित्ने हाम्रो पहिलो एजेन्डा हो। गठबन्धनबारे निर्णय भएको छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .