राजनीति


अन्तरघात छानबिन गर्न एमालेले बनायो समिति, संयोजक विष्णु पौडेल

अन्तरघात छानबिन गर्न एमालेले बनायो समिति, संयोजक विष्णु पौडेल

एमाले सचिवालय बैठक। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार २० , काठमाडौँ


प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको अन्तरघातको छानबिनका लागि एक समिति बनाएको छ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अन्तरघात छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेल संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको हो। 

बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले निर्वाचनका क्रममा देखिएको अनुशासनहीन अवस्थाको छानबिनका लागि समिति बनाइएको जानकारी दिए। 

'स्थानीय निर्वाचनको समीक्षा गरिरहँदा असार महिनाभित्र देशका सबै जिल्ला कमिटीबाट समीक्षा रिपोर्ट पठाइसक्ने कुरा भएको छ', उनले भने, 'निर्वाचनका क्रममा केही समस्या देखिएका थिए। पार्टीमा अनुशासनहीनता पनि देखिएका थिए।'

उनले निर्वाचनका क्रममा भएका अन्तरघात र अनुशासनहीनताको छानबिनका लागि पौडेल नेतृत्वमा समिति बनेको बताए। 

'स्थानीय निर्वाचनमा भएका अनुशासनहीन गतिविधिबारे पार्टीमा कयौँ उजुरी परेका छन्। ती उजुरीको पनि छानबिनका लागि विष्णु पौडेलको नेतृत्वमा समिति बनाइएको छ', उनले भने,  'समितिमा केन्द्रीय निर्वाचन विभाग प्रमुख विजय सुब्बा र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी सदस्य रहनु भएको छ।' 

असार १९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.