राजनीति


निजगढ विमानस्थल निरीक्षणका लागि बारा पुगे देउवासहितका शीर्ष नेता

निजगढ विमानस्थल निरीक्षणका लागि बारा पुगे देउवासहितका शीर्ष नेता

नेपालखबर
असार १८, २०७९ शनिबार १२:२८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा प्रस्तावित निजगढ विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन्। 

उनी सत्ता साझेदार दलका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुका साथ बारा पुगेका हुन्। 

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि निरीक्षणका लागि पुगेका हुन्। 

शीर्ष नेताहरुसँगै अर्थमन्त्री जनार्दन शर्मा,  खानेपानी मन्त्री उमाकान्त चौधरी र पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि निजगढ विमानस्थल निरीक्षणका लागि गएका छन्। 

प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरु प्रस्तावित विमानस्थल वस्तुस्थिति बुझ्न निजगढ गएका बालुवाटारले जनाएको छ।  

विमानस्थल निर्माण गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले बदरको फैसला सुनाएपछि विवाद बढ्दै गएको छ।  

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .