रवि लामिछाने नेतृत्वको 'राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
नाम र चुनाव चिह्नलाई लिएर सातासम्म भएको विवादपछि आयोगले पार्टीका सभापति रवि लामिछानेको निवेदनअनुसार दल दर्ताको गरिदिएको हो।
रविले सञ्चारकर्म छाडेर गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए।
पार्टी घोषणाको भोलिपल्ट असार ८ गते उनी निर्वाचन आयोगमा निवेदन दिन पुगेका थिए।
असार ८ मा दिएको निवेदन अनुसार आयोगले स्वतन्त्र नामलाई नै दलको हैसियतमा मान्यता दिँदै प्रमाणपत्र प्रदान गरेको छ।
उनको पार्टीको चुनाव चिन्ह घण्टी नै हुने भएको छ। तर उक्त घण्टी गोलाकारभित्र राखिएको छ।
'आयोगले हाम्रो प्रस्तावित नाम चुनाव चिह्नलाई मान्यता दिएको छ', लामिछानेले भने, 'घण्टी पनि आयोगले बजाइदिएको छ। गोलाकारभित्र राखेर घण्टी चुनाव चिह्न पाएका छौँ।'
यसअघि माओवादीलाई पनि आयोगले गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्न दिएको थियो।
Shares

प्रतिक्रिया