राजनीति


छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता छ : कामु प्रधानन्यायाधीश कार्की

छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता छ : कामु प्रधानन्यायाधीश कार्की

नेपालखबर
असार १७, २०७९ शुक्रबार १६:१०, काठमाडौँ

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले छुट्टै कानुन विश्वविद्यालयको आवश्यक्ता रहेकाे बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले छुट्टै कानुन विश्वविद्यालयको आवश्यक्ता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘मैले पनि महशुस गरेको छु, कानुनको हकमा विश्वविद्यालय छुट्टै हुनुपर्छ। सर्वोच्चबाट यसको प्रयास जारी रहन्छ। यस अभियानमा लाग्नुपर्छ । न्यायपालिकाको शुद्धीकरणको लागि यस्ता समस्या नआओस् भन्नका लागि नैतिकताको विषयमा पनि विचार गर्नुपर्छ र पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ।’

कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए।

न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने उनकाे भनाइ छ।

न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे। कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिवद्ध हुनुपर्ने बताए। 

उनले भने,  ‘न्यायपालिकामा केही समस्याहरु देखिएका छन्। समस्याहरु पहिला पनि थिए र अहिले पनि आएका छन्। न्यायपालिकामा धेरै समस्याका कुरा आइरहेका छन्। हामी यसलाई सुधारका लागि अघि बढीरहेका छौँ। केही समस्या देखिएका छन्। न्यायपालिकामा पूर्ण समस्या छ। काम गर्न सक्दैन भन्ने कुरा भएको छ। वास्तवमा त्यो होइन, विकृति, विसंगति छन्, हामी त्यसलाई हटाउँदै जानेछौँ। सम्बोधन हुन्छ। हामी सबैको सुधारको लागि कटिवद्ध हुनुपर्छ।’

कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा विकृति र विसंगति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषयहरु समावेश गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad