राजनीति


‘अब आन्दोलन चाहिँदैन, व्यक्ति मन नपरे फेर्नुस्, पार्टी मन नपरे नयाँ बनाउनुस्’

‘अब आन्दोलन चाहिँदैन, व्यक्ति मन नपरे फेर्नुस्, पार्टी मन नपरे नयाँ बनाउनुस्’

नेपालखबर
असार १७, २०७९ शुक्रबार १५:४९, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनका लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन्।

शुक्रवार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै व्यवस्था फेर्नसक्ने बताए। 

उनले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताए। 

उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताए।

‘हामीले ६ वर्षकै बीचमा सर्व सम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्व स्वीकार्य बनाएका छौँ । अब यत्तिमात्रै जोड्छु, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन। जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ', उनले भने, 'जनता त्यति अधिकार सम्पन्न भइसके। व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी मन पर्दैन पार्टी नयाँ बनाउनुस्, अब परिवर्तनका लागि आन्दोलन पर्दैन।'

उनले जनतालाई सुख दिन, जनताको उन्नतिका लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। 'हाम्रा सबै कुरा संविधानअनुसार चल्नुपर्छ', उनले भने, '२० गतेको सांसदमा ल क्याम्पसबारे कुरा उठ्छ।’

उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दल पनि संविधान अनुसार नै चल्नुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad