ad ad

राजनीति


उपनिर्वाचन हारेपछि धरानमा कर घटाउन नेकपाको निर्देशन

उपनिर्वाचन हारेपछि धरानमा कर घटाउन नेकपाको निर्देशन

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ३:५७,

धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हार्नुको प्रमुख कारण कर भएको विश्लेषण भइरहेका बेला उक्त पार्टीले त्यहाँ निर्धारण गरिएको कर घटाउन धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको छ।

मंगलबार बसेको नेकपा धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठकले धरान उपमहानगरमा निर्धारित करको दर पुनरवलोकन गरी घटाउन धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको छ।

याे पनि : नेकपा नेता भन्छनः करको कारण गुम्यो धरान

बैठकपछि निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतको हस्ताक्षरमा जारी विज्ञप्तिमा निर्वाचनका बेला जनताका घरदैलोमा जाँदा कर वृद्धि गरेको भन्दै जनताले व्यापक असन्तुष्टि जनाएकाले धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६र०७७ का लागि लागू् गरिएका करका दर पुनरवलोकन गरी तत्काल घटाउन निर्देशन जारी गरिएको उल्लेख छ। 

dharan cpn 546x768

धरान उपमहानगरपािलकाकाे मेयरका लागि शनिबार  सम्पन्न उपनिर्वाचनमा कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरेका हुन्। 

यसअघि उक्त उपमहानगरपालिकामा तत्कालीन नेकपा एमालेका तारा सुब्बा मेयर थिए। उनकाे निधन भएपछि यही मंसिर १४ गते धरानमा पनि उपनिर्वाचन गरिएकाे थियाे। 

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार सुब्बासँग फराकिलो मत अन्तरले पराजित कांग्रेसका तिलकले यसपटक ऐतिहासिक बाजी मारेका हुन्। उनले २६ हजार ७०९ मत ल्याए भने प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार प्रकाशले २३ हजार ९१४ मत पाए।

याे पनि : धरानका नयाँ मेयर भन्छन्ः कर प्रणाली अवैज्ञानिक छ, पुनरावलोकन हुन्छ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .