NepalKhabar NepalKhabar

राजनीति


जनतान्त्रिक मुक्ति मोर्चाले गृहमन्त्री खाँणलाई बुझायो ध्यानाकर्षण पत्र

जनतान्त्रिक मुक्ति मोर्चाले गृहमन्त्री खाँणलाई बुझायो ध्यानाकर्षण पत्र

नेपालखबर
असार १५ , काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणलाई डा. मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णायक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। 

गृह मन्त्रालयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८ पुस २६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायिक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरिएका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । 

मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौंदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर छोड्न आग्रह गरेको छ। 

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताए।

असार १५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.