ad ad

राजनीति


यस्ता छन् असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

नेपालखबर
असार १५, २०७९ बुधबार १८:१६, काठमाडौँ

सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ। 

असार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बुधवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए। 

प्रवक्ता कार्कीका अनुसार यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने। 

वीरगञ्ज–सिमरा–पोखरीया प्रशारण लाइनको टावर तथा सबस्टेसनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने।

उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनात्मक सुधार, स्तरोन्नती तथा बिस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने। 

विभूषणमा प्रयाेग हुने सुनको परिमाण घटाइ बनावट हेरफेर गर्न स्वीकृत दिने। 

सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने।

मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने।

कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने। 

भेडेटार स्काइ वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने। 

महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुखहरू हटाउने। 

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहू पूर्वे, धनुषालाई नियुक्त गर्ने।

निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने। 

श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .