राजनीति


एमालेले भत्काएको समाजवादको जग जोगाउन सत्ता गठबन्धन : रामचन्द्र पौडेल

एमालेले भत्काएको समाजवादको जग जोगाउन सत्ता गठबन्धन : रामचन्द्र पौडेल

नेपालखबर
असार १३, २०७९ सोमबार १६:२५, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले समाजवादको जग भत्काउन खोजेको आरोप लगाएका छन्। 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा आफूभन्दा अगाडि बोलेका एमाले महासचिव शंकर पोखरेललाई जवाफ दिँदै उनले समाजवादको जग जोगाउन गठबन्धन बनेको बताए। पोखरेलले अहिलेको गठबन्धन सरकारको ‘हालत’ सम्झाएका थिए। 

सँगै मञ्चमा रहेका पौडेलले पोखरेलाई जवाफ दिँदै भने,‘शंकरजीले समाजवाद के बुझ्नु भएको छ, मैले के बुझेको छु, भन्न मन थियो उहाँ हिड्नु भयो।’

एमालेले समाजवादको जग भत्काएको पौडेलको भनाइ छ। ‘उहाँहरुले समाजवादको जग भत्काउन खोज्नु भएको थियो। त्यसलाई जोगाउन गठबन्धन बनाइयो,’ उनले भने।

आफू बाङ्गा कुरा गर्न नजान्ने बताउँदै उनले एमालेको पालाको सरकार पनि हेरिसकेको उल्लेख गरे। ‘यो गठबन्धन आवश्यकता त्यही भएर भयो, म बाङ्गा कुरा जान्दिनँ,’ उनले भने,‘कम्युनिस्ट पार्टीको सरकार पनि त हामीले हेर्‍यौँ नि ! खै त केही गरेनन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad