जेठ १७ मा भएको मन्त्री हेरफेरको निर्णयका कारण गम्भीर विवादमा फसेको सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक शुक्रबार दिउँसो बस्दैछ।
पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार यो बैठकको पहिलो एजेन्डाका रुपमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गर्दैछन्।
त्यसैगरी दोस्रो एजेन्डाका रुपमा अहिलेको समसामयिक राजनीतिक अवस्थाबारे अध्यक्ष नेपालले मन्तव्य दिँदैछन्।
त्यसपछि बैठकमा पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम छ।
त्यसैगरी स्थानीय तह निर्वाचनबारे बैठकमा समीक्षा कार्यक्रममा पनि तय गरिएको छ। यो बैठकले पार्टीको आगामी रणनीति र योजनाबारे पनि छलफल गर्ने उनले बताएका छन्।
165
Shares

प्रतिक्रिया