राजनीति


गम्भीर संकटमा एकीकृत समाजवादी, १० सांसदले बुझाए पत्र

गम्भीर संकटमा एकीकृत समाजवादी, १० सांसदले बुझाए पत्र

नेपालखबर
असार १०, २०७९ शुक्रबार ११:५५, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीभित्र गम्भीर विभाजन देखिएको छ।

मन्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयले एकीकृत समाजवादीभित्र तीव्र मतभेद चुलिएको थियो।

त्यस मतभेदले पार्टीमा गम्भीर समस्या भएको छ।

स्वास्थ्य मन्त्री तथा नेता विरोध खतिवडाले १० जना सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको बताए।

‘हामी ४ जना मन्त्रीसहित समानुपातिक सांसदहरु मिलेर १० जनाले पार्टी अध्यक्षसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छौँ, ८ बुँदामा रहेको ध्यानाकर्षणमा हामीले पार्टीले गरेको कच्चा निर्णयको विरोध गरेका छौँ,’ मन्त्री खतिवडाले नेपालखबरसँग भने, ‘हाम्रो दर्ता नम्बर १७ हो।’

खतिवडासहित, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसान श्रेष्ठ, पर्यटन मन्त्री प्रेम आले, सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।

हाल संघीय संसदमा एकीकृत समाजवादीका २३ जना सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad