राजनीति


देशका ७५३ स्थानीय तहले आज बजेट ल्याउने

देशका ७५३ स्थानीय तहले आज बजेट ल्याउने

नेपालखबर
असार १०, २०७९ शुक्रबार १०:२१, काठमाडौँ

देशका ७ सय ५३ स्थानीय तहले आज बजेट ल्याउँदै छन्। देशका अधिकांश स्थानीय तहले आज आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्। 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रत्येक आवको बजेट स्थानीय तहले १० असारमा ल्याइसक्नु पर्छ। विगतमा कतिपय स्थानीय तहले भने तयारी नपुगेको भन्दै १० असार पछि पनि बजेट ल्याउने गरेका थिए।

देशभर ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। आज अधिकांश स्थानीय तहले आफ्नो वार्षीक नीति तथा कार्यक्रम र बजेट नगर–गाउँसभामा प्रस्तुत गर्न लागेका हुन्। 

देशका सबै स्थानीय तहले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट निर्माण गरेका छन्।

संघीय सरकारले १५ जेठमा, प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गरिसकेका छन्।

संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्दै आएका छन्।

गएको वैशाख ३० गते भएको स्थानीय चुनावबाट देशका ७ सय ५३ मध्ये बाजुराको बूढीगंगा नगरपालिका बाहेक सबै स्थानीय तहमा जनप्रतिनिधि चुनिएका छन्।

स्थानीय तहमा असार १० गते उपप्रमुख ‘पावरफूल’ हुने


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad