राजनीति


मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिने अनेरास्वियू (क्रान्तिकारी)को चेतावनी

मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिने अनेरास्वियू (क्रान्तिकारी)को चेतावनी

नेपालखबर
असार ७ , काठमाडौँ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिने चेतावनी दिएको छ।

आज एक विज्ञप्ति जारी गर्दैै पूर्ण रुपमा भन्सार छुट गर्दै मूल्यवृद्धिको खारेज गर्न आग्रह गरेको हो।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले सर्वसाधारणका जीवनप्रति वेवास्ता गरेर भयावह अवस्थाको सिर्जना गराएको आरोप लगाएको छ।

साथै मुल्य वृद्धिले क्रान्तिकारी विद्यार्थीको ध्यानाकर्षण भएको बताएको छ। ‘बहुसंख्यक नागरिकको आय अति कम भएको हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमले अन्तराष्ट्रिय  मूल्यवृद्धिको हवाला दिएर बेलगाम रुपमा मुल्यवृद्धि गर्ने हो भने सरकार के का लागी हो  ? राज्य आफ्ना नागरिक प्रतिको भूमिका र दायित्वबाट पन्छिँदै किन भागिरहेको छ?’ विज्ञप्तिमा भनिएको छ । 

घाटामा गएको निगमले निगम भित्र नियुक्ति र रोजगारी सधैँ आकर्षक हुने पेट्रोल पम्प निरन्तर नाफाको व्यवसाय बनिरहने र कर्मचारीहरु बोनस खाने तर निगम सधैँ घाटामा हुने कसरी हो?  भन्ने सरकारलाई पश्न समेत गरेको छ। 

पेट्रोलियम खरिद बिक्री सहितको सबै हिसाब आम नागरिकले बुझ्ने गरी सार्वजनिक नगरे आफूहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छ । 
साथै अहिलेको संकटको अवधिमा पेट्रोलियम आयातलाई शत प्रतिशत भन्सार छुट गरेर पनि सहुलियत दरमा इन्धन उपलब्ध गराउन अखिल ( क्रान्तिकारी ) ले माग गरेको छ । 

आयल निगमभित्र भएका भ्रष्टाचार ,चुहावट,  अनियमितता अन्त्य गर्न तथा सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अन्य बैकल्पिक उपायको खोजी नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 

असार ७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.