ad ad

कारोबार


होन्डाले ल्यायो ‘मनसुन एक्सचेन्ज’ : ११ हजारसम्मको बोनस र क्यासब्याक

होन्डाले ल्यायो ‘मनसुन एक्सचेन्ज’ : ११ हजारसम्मको बोनस र क्यासब्याक

नेपालखबर
असार ७, २०७९ मंगलबार १२:३५, काठमाडौँ

होन्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ। 

प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा  ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ।

यसका साथै निःशुल्क चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ। योजना २०७९ असार ५ देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ। योजनाअन्तर्गत उपत्यकाभित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन्। 

नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .