ad ad

राजनीति


आफ्नै उम्मेदवारलाई हराएको आरोप : एमाले जिल्ला अध्यक्षलाई सोधियो स्पष्टीकरण

आफ्नै उम्मेदवारलाई हराएको आरोप : एमाले जिल्ला अध्यक्षलाई सोधियो स्पष्टीकरण

रतन थापा


यज्ञराज जोशी
असार ७, २०७९ मंगलबार ७:३५, कैलाली

आफ्नै उम्मेदवारलाई हराउँन भूमिका खेलेको भन्दै नेकपा (एमाले) कैलालीले आफ्नै अध्यक्षलाई स्पष्टिकरण सोधेको छ। 

एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले अध्यक्ष रतन थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन्।

आइतबार सोधिएको स्पष्टीकरणमा थापामाथि आफ्नै बसोबास रहेको लम्की चुहा नगरपालिकाको प्रमुख पदका उम्मेदवार महादेव बजगाई र उपप्रमुख पदका उम्मेदवार जुना चौधरीसहित केही वडाअध्यक्षलाई हराउने योजना बनाई अन्तरघात गरेको आरोप लगाइएको छ।

‘तपाईंको बसोबास रहेको लम्कीचुहा नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा तपाईंले प्रमुख पदका उमेदवार महादेव बजगाईं र उपप्रमुख पदका उमेदवार जुना चौधरीसहित केही वडाध्यक्षहरूलाई हराउने योजना बनाई अन्तर्घात गरेको भन्ने लुम्कीचुहा नगरपालिका निर्वाचन परिचालन मूल समितिको गत जेठ २२ गतेको समीक्षा बैठकको निर्णय, प्रतिवेदन र घोडाघोडी नगरपालिका निर्वाचन मूल परिचालन समितिको जेठ २२ गतेको समीक्षाको निर्णय र नोटको आधारमा तपाईंमाथि थुप्रै आशंका उठेकाले यस सम्बन्धमा तपाईंको भनाई के हो? तपाईंले निर्वाचनमा असहयोग, अन्तर्घात गरेको हो होइन?  उक्त प्रतिवेदनहरूबाट केही गम्भीर सवालहरू उठेकाले निम्न प्रश्नहरूको तपाईंले सन्तोषजनक जवाफ ३ दिनभित्र जिल्ला पार्टी कार्यालयलाई उपलब्ध गराई दिन निर्देशित गरिन्छ,’ अध्यक्ष थापालाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ। 

दैनिक रुपमा पार्टी सञ्चालन नगरेको, अध्यक्ष ओलीलाई ‘अपुतो’ जस्तो तुच्छ शब्द बोलेको, जिल्ला निर्वाचन मुल परिचालन समितिको एउटा पनि बैठक नगरेको, कुनैपनि पालिका स्तरीय चुनावी योजना र चुनावी अभियान नबनाएको, एमालेले एक सिट पनि जित्दैन ‘फिक्स’ हो भनेर कुप्रचार गरेको, एमालेबाट उम्मेदवार बनेका लम्की चुहाका महादेव बजगाई र जुना चौधरी र घोडाघोडी नगरप्रमुखका उम्मेदवार ममताप्रसाद चौधरीलाई जसरीपनि हराउँछु भनेर अभिव्यक्ति दिएको लगायत आरोप थापामाथि लगाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .