ad ad

राजनीति


रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतो जसपा प्रवेश, धनुषा-२ बाट चुनाव लड्ने चर्चा

रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतो जसपा प्रवेश, धनुषा-२ बाट चुनाव लड्ने चर्चा

शैलेन्द्र महतो
असार ६, २०७९ सोमबार १९:२१, जनकपुरधाम

रमण कन्स्ट्रक्सनका सञ्चालक बलराम महतो जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अवीर लगाएर पार्टीमा प्रवेश गराएका हुन्। 

जनकपुरधाममा सोमबार अपरान्ह एक कार्यक्रमबीच व्यवसायी महतो जसपा प्रवेश गरेका हुन्। गत स्थानीय चुनावमा महतो जनकपुरधाम उपमहानगरको मेयर पदमा स्वतन्त्रबाट चुनाव लडेका थिए। पाचौँ स्थानमा रहेका उनकाे जमानतसमेत जफत भएकाे थियाे।

महतो धनुषा निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभामा चुनाव लड्ने उद्देश्यले जसपा प्रवेश गरेको चर्चा छ। स्वतन्त्रबाट जित्ने छाँटकाँट नदेखेपछि उनी जसपा प्रवेश गरेका हुन्। 

२०७४ को प्रतिनिधिसभा चुनावमा सो क्षेत्रमा तत्कालिन उपेन्द्र यादव नेतृत्वकै पार्टी संघीय समाजवादी फोरमबाट उमा शंकर अरगरियाले जितेका थिए।

पार्टी एकता भएर जसपा विभाजित हुँदा अरगरिया उपेन्द्रको कित्ता छाडेर महन्थसँगै लोसपामा लागेका हुन्। सो क्षेत्रमा दुवै प्रदेशसभा सदस्य क्षेत्र पनि फोरमले नै जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .