राजनीति


सचिवालय बैठकको माग गर्दै खनालले भनेः पराजयको गम्भीर समीक्षा गर्नुपर्छ

सचिवालय बैठकको माग गर्दै खनालले भनेः पराजयको गम्भीर समीक्षा गर्नुपर्छ

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १२:३८,

नेकपामा उपनिर्वाचनको परिणामको विषयमा समीक्षा गर्न तत्काल सचिवालय बैठक बोलाउनु पर्ने माग उठेका थिए।

नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले उपनिर्वाचनका परिणाम पार्टीका पक्षमा सन्तोषजनक रुपमा नआएको भन्दै सचिवालय बैठक बसेर त्यसको समीक्षा हुनुपर्ने बताए।
‘परिणाम जस्तो आएको त्यो सन्तोषजनक छैन, यस विषयमा तुरुन्तै सचिवालयको बैठक बसेर समीक्षा गरिनुपर्छ,’ खनालले नेपालखबरसँग भने।

खनालले भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र धरान उप महानगरपालिको मेयरको उपनिर्वाचन भएको पराजयलाई पार्टीले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।

‘समग्र मतपरिणामले नेकपालाई नम्बर एकमै रहेको देखाए पनि यसमा खुशी हुने अवस्था छैन, हामीले महत्वपूर्ण स्थानका रुपमा रहेको धरान र भक्तपुर गुमाएका छौं, खनालले भने,‘यो परिणामपछि नयाँ खालले अघि बढ्नुपर्ने देखाएको छ, त्यसका लागि सचिवालय बैठक बस्नुपर्छ।’

५२ पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेकपाले प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, दाङ ३ ‘ख’ सहित ३ वटा गाउँपालिका अध्यक्ष एक उपाध्यक्षसहित अन्य वडा अध्यक्षसहित ३० वटा स्थान जितेको थियो।

तीन दशकयता धरानमा भएको सबै निर्वाचनहरु वामपन्थी दलले जित्दै आएको थियो भने गत निर्वाचनमा करिब तीन हजार मतान्तरले जितेको भक्तपुरका प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि नेकपा पराजित भएको छ। नेकपाको पराजयको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारको अलोकप्रियताको रुपमा अथ्र्याएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad