कामना सेवा विकास बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा यही मंसिर १६ गते आफ्नो १०४औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।
महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए।
अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिनु हुदै आफूले सक्दो सहयोग गर्ने बताए।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए।
बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ।

प्रतिक्रिया